संजय दत्तको चलचित्र ‘भूमि’ को नयाँ पोस्टर रिलिज

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २६ । संजय दत्तको आगामी चलचित्र ‘भूमि’ को नयाँ पोस्टर रिलिज गरिएको छ । जेलबाट आएपछि संजय दत्त यो चलचित्रमार्फत ठूलो पर्दामा पुनरागमन गर्दैछन् । यो चलचित्रमा संजयसँगै अदिती राव हैदरी मुख्य भूमिकामा देखिनेछिन् ।
यस अघि पनि चलचित्रको पोस्टर सार्वजनिक भएको थियो । तर यो पोस्टरमा संजय दत्त अदितीलाई अँगालो हालिरहेको देखिएका छन् । पोस्टर भावुक देखिन्छ । यो चलचित्र एउटा ‘रिभेन्ज ड्रामा’ हो जसले बुवाछोरीको सम्बन्धलाई पनि उजागर गरेको छ ।
निर्देशक उमंग कुमारले संजय दत्तले अहिलेसम्मकै उत्कृष्ट काम गरेको बताएका छन् । हाल संजय दत्त यो चलचित्रको प्रमोशनमा छन् । चलचित्र २२ सेप्टेम्बरमा रिलिज हुँदैछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित