पूर्वमा ७३ प्रतिशत मात्र धान रोपाइँ

ताप्लेजुङ, साउन २५ । साउनमहिना सकिनै लाग्दा समेत यो वर्ष पुर्वमा७३ दशमलव ८९ प्रतिशतमात्र रोपाई भएको छ । समयमानै पानीनपर्दा ४ लाख७८ हजार ५ हेक्टरमध्ये हाल सम्म ३ लाख ५३ हजार २ सय ९ हेक्टरमा रोपाई भएको क्षेत्रीय कृषिनिर्देशनालयविराटनगरले जनाएको छ । पुर्वि उच्च पहाडी जिल्लाताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ८८ दशमलव७४ प्रतिशतधान रोपाइँभएको छ ।

यस्तै मध्य पहाड इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरमा ८१ दशलव २७प्रतिशत र तराईको झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा७० दशमलव ५८ प्रतिशतधान रोपाइँभएको क्षेत्रीय कृषिनिर्देशनालयविराटनगरका सूचनाअधिकृत डा. राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । जुन रुपमा रोपाई हुनुपर्ने थियो वर्षा नभएकाकारण अनुसार रोपाई नहुँदा यो वर्ष उत्पादनमागिरावट आउने अधिकृत उप्रेतिले बताउनुभयो ।

अन्न भण्डारण मानिने तराईको झापामा ८२ प्रतिशतमात्रै धान रोपाइँभएको छ । अघिल्लो वर्षयही समयमाझापामा झन्डै ९० प्रतिशतधान रोपाइँभएको उहाँले बताउनुभयो । यस्तै मोरङमाभने ६५ प्रतिशतमात्रै रोपाइँभएको छ । साउनको अन्तिम र भदौको पहिलो हप्तासम्ममा २० प्रतिशतधान रोपाइँहुने अनुमानकार्यालयको रहेको छ । सिंचाइको असुविधा र पर्याप्त वर्षा नहुँदा सिरहामाभने अहिलेसम्ममा ५० प्रतिशतमात्रै धान रोपाइँभएको निर्देशनालयको तथ्याङ्कमाउल्लेख गरीएको छ ।

तराईमाभदौ पहिलो हप्तासम्मधान रोप्ने समय भएको कारण ९० प्रतिशतभन्दा बढी धान रोपाइँहुने अनुमान कृषिकार्यालयको छ । त्यसकालागिपनिपर्याप्त वर्षा हुनआवश्यक छ । पहाडमा भने रोपाई गर्ने सिजन सकिएकोले अब रोपे पनिउत्पादननहुने सूचनाअधिकृत डा. राजेन्द्र उप्रेतीले बताउनुभयो । उहाँले अब पहाडी जिल्लाकाकिसानले धान खेतिगर्न नसकिएका खेतमापानीकममापनिहुने अन्यबालिलगाउन सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *