बाँके जिससको संयोजकमा श्रीवास्तव विजयी

 बाँके, साउन २५ । बाँके जिल्ला समन्वय समितिको संयोजकमा संघीय समाजवादी फोरमका अजय श्रीवास्तव र सह–संयोजकमा नेपाली काँग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा नौ सदस्यीय समन्वय समितिमा काँग्रेस, संघीय समाजवादी फोरम, राप्रपा र नेकपा माओवादी केन्द्र गठबन्धनले नेकपा एमालेलाई पाखा लगाउँदै जित हासिल गरेको हो ।

समितिमा काँग्रेसबाट तीन, फोरमबाट दुई, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक÷एकजना निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार समितिको महिला सदस्यमा विमलासिंह थारु, निलमसिंह ठकुरानी, जानुका क्षेत्री, अल्पसंख्यकमा नफिस नाउ विजयी भएका छन् । अन्य सदस्यमा चेतबहादुर घर्तीमगर, गुतु थारु र जुल्फकार अलि मनिहार विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *