बर्मैली श्रीमती चरित्रहिन भएकीले बदनाम गराउन खोजेको रार्इको आरोप

भरतराज शर्मा, धरान । गत मङ्गलवार धरान १० विशाल पथ निवासी ईसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङग बर्मैली बिचको प्रेम सम्बन्धलाई लिएर उनका श्रीमती मिन्जुयाङगले आफूलाई १ वर्षीय छोरा ईथन राईसँग भेट्न समेत नदिएको भन्ने कुरा गलत भएको रार्इले दाबी गरेको छन् ।

आज धरानको होटेल मेट्र बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै रार्इले, उनले आफूलाई मात्र नभई तिन जना युवालाई समेत धोखा दिएको आरोप लगाएका छन् । राईले सम्मेलनमा आफ्नी श्रीमती बर्मेली नागरिक मिन्जुयाङगको सिंगापुरे लाहुरे सूर्य तुम्वहाम्फेसँग अवैध सम्बन्ध रहेको र उनी ४५ दिनको बच्चालाई आफूसँगै छोडेर गएको समेत बताए ।

त्यति मात्र नभएर आफ्नी श्रीमती मिन्जुयाङगको बर्मामा समेत एक जर्नेलका छोरासँग सन् २००७ मा विवाह भइसकेको प्रमाण फेला परेको उनले बताए । साथै, उनले बुधवार पत्रपत्रिका तथा अनलार्इन मार्फत आएको विभिन्न समाचार प्रति गम्भीर ध्यानार्कषण भएको र अबका दिनमा सामाचार सम्प्रेशन गर्दा पत्रकारहरुलाई ध्यान पु¥याईदिन आग्रह गरे ।

त्यस्तै, मिन्जुयाङले मङ्गलवार गरेको पत्रकार सम्मेलनमा आफूले पटक पटक गरी करिब ८ लाख रुपैयाँ लिएको भन्ने कुरा गलत रहेको बताए । उनले भने, श्रीमती बर्मा जाँदा मैले उनलाई नगद ३ लाख सहित करिब ६ लाख रुपैयाँ तथा मेरी आमा र दिदीले सुनका गरगहना समेत दिएको बताए । साथै राईले उनकी आमा गङ्गा राई तथा दिदी करुण राईले कुटपिट गरी घरबाट निकाला गरेको आरोप समेत झुठो भएको बताए ।

राईले सम्मेलनमा मेरो श्रीमती मसँग जहिले नै बच्चा दिनुप¥र्याै भन्थीन तर मैलै तैले ४५ दिनमा नै बच्चा लिन आउदिन भनेर गएकोले मैलै १ वर्ष सम्म पालेको बच्चा दिन्न भन्दा उनी रिसको झोकमा घरबाट बाहिर गई बसेको बताए । राईका अनुसार, श्रीमती मिन्जुयाङगले आफ्ना अर्का प्रेमी सूर्य तुम्वहाम्फेलाई कुनै पनि हालतमा आफ्नो छोरा देखाउने बचनका साथ नेपाल बच्चा लिन आएको समेत उनले दाबी गरे ।

यती सम्म हुँदा समेत राईकी श्रीमती मिन्जुहाङलाई आफूसँगै बस्न राईले आग्रह गरे पनि आफू विरुद्ध नेपालका विभिन्न वकीलहरु लगाई आफू विरुद्ध वैवाहिक नाता कायम गराउन र आफ्ना नानीलाई आफूबाट अलग गर्न षडयन्त्र गरिरहेको सम्मेलनमा बताए ।

त्यस्तै, सम्मेलनमा राईले उनकी श्रीमती चरित्रहिन भएकी र आफू तथा आफ्ना परिवारलाई समेत बदनाम गराउने काम गरेको र त्यसमा साथ दिनुहुने उनकी श्रीमतीकी प्रेमी सिंगापुरे प्रहरी सूर्य तुम्वहाम्फेलाई समेत कडा भन्दा कडा कार्वाहीको माग समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *