शेयर मूल्य ५०० माथि हुदाँ समेत अरुण कावेली घाटामा

साउन २५, काठमाडौँ । यसपालि पनि अरुण कावेली पावरले घाटालाई निरन्तरता दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीले घाटा भने घटाएको छ । कम्पनीले आर्थिक वर्ष ०७३/७४ मा ३८ करोड ३२ लाख रुपैयाँ घाटामा छ । भने, अघिल्लो आर्थिक वर्ष ०७२/७३ मा ५५ करोड ७८ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको शेयर पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको शेयर पुँजी एक अर्ब २० करोड रुपैयाँ रहेको थियो । कम्पनीको दीर्घकालीन ऋण एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ । कम्पनीले २५ मेघावाट क्षमताको कावेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले निकट भविष्यमा नै निर्माण आयोजना सम्पन्न हुने बताएको छ । तर, कम्पनीको शेयर बजारमा अधिकतम ५०३ रुपैयाँ र न्यूनतम २९७ रुपैयाँमा कारोबार भएको छ । कम्पनीका कार्यकारी प्रमुखले आर्थिक विवरणमै प्रकाशित आर्थिक विवरण सत्यतथ्य भएको दाबी गरेका छन् । विवरणको तल लेखिएको छ- प्रस्तुत विवरणमा, सत्यतथ्य सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण लेखिएको छ ।

‘आजका मितिसम्म यस प्रतिवेदन उल्लिखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्यतथ्य र पूर्ण छन् र लागानीकर्ताहरु सु-सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाएको छैन,’ विवरणमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *