भारतबाट आउने भन्दा चीनतर्फबाट आउने एयरलाइन्स दोव्वर

साउन २५, काठमाडौं । चीनबाट नेपाल भ्रमणमा आउने पर्यटक बढेसंगै नेपाल तर्फ आउने चिनियाँ विमान कम्पनीहरु पनि बढ्दै गएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्समा भारतबाट आउने भन्दा चीनतर्फबाट आउने एयरलाइन्स दोव्वरले बढी भएको छ । सन् २०१७ को पहिलो ६ महिनमा चीनबाट ५२ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

चीनमा आन्तरिक उडान भर्दै आएको तिव्वत एयरलाइन्सले मंगलबार देखि छेन्दू-काठमाडौं-छेन्दू सिधा उडान सुरु गरेसंगै काठमाडौंमा उडान भर्ने चिनियाँ विमान कम्पनी ६ वटा पुगेको छ । यसैगरी भारतबाट आउने एयरलाइन्सको संख्या ३ वटा मात्रै छ । हाल चीनको ल्हासा र छेन्दूबाट दैनिक एयर चाइना, कुन्मिङबाट चाइना इस्टर्न, ग्वाङजाउबाट चाइना साउर्दन, ल्हासा र छेन्दूबाट सिचुवान र हङकङबाट ड्रयागन सहित ५ वटाले उडान भर्दैै आएका छन् ।

मंगलबारदेखि छेन्दूबाट तिब्बत एयरलाइन्सले उडान सुरु गरेपछि अब काठमाडौंमा चिनियाँ ध्वजाबाहक जहाज ६ वटा पुगेको छ । यता भारतबाट कोलकत्ता र नयाँ दिल्लीबाट एयर इन्डिया, दिल्लीबाट इन्डिगो र मुम्बई तथा दिल्लीबाट जेट एयरले उडान भर्दै आएको छ । मंगलबारबाट उडान थालेको तिव्वत एयरलाइन्सले गत असार ५ गते आधारभूत प्रामाणिक उडान सम्पन्न गरेको थियो ।

एयरलाइन्सले सातामा ४ वटा उडान भर्ने लक्ष्य लिएको छ । एयरलाइन्सले सोमबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्ने एयरलाइन्सको आधिकारिक बिक्रेता हिमालय एयरलाइन्सले जनाएको छ । एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए-३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।

ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चिनमा अबस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चिन भित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।

दुई देशबाट नेपाल आउने एयरलाइन्स

चीनबाट नेपाल आउनेभारतबाट नेपाल आउने
एयर चाइनाएयर इन्डिया
चाइना इस्टनइन्डिगो एयर
चाइना साउर्दनजेट एयर
सिचुवान एयरलाइन्स
ड्रयागन एयर
तिव्वत एयरलाइन्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *