के रूही र यशले फेरि काजोल र करणको मित्रता जोड्न सक्लान् ?

काठमाडौं, साउन २५ ।  कुनै एक समय थियो जब स्टार पार्टीदेखि हरेक उत्सवमा काजोल र करण जोहर प्राय सधै एकै साथ देखिन्थे । बलिउडमा दुईको साँचो मित्रताको उदाहरण दिइन्थ्यो । तर समयको परिवर्तनसँगै दुईको सम्बन्धमा निकै परिवर्तन आयो । यतिमात्र होइन काजोल, करण जोहरका जुम्ल्याहा बच्चासँग भेट्न पनि गइनन् । तर अब यी दुईको मित्रतामा अर्को एउटा मौका आएको छ । यो कुरो सोसल मिडिया एकाउन्टले पुष्टि गरेको छ ।

हालै करण जोहरले मित्रताको हात बढाएका छन् र काजोललाई फलो गर्न सुरु गरेका छन् । काजोलले पनि यसलाई स्वीकार्दै उनको पोस्टमा लाइक गरेकी छ्न । रक्षाबन्धनमा पहिलोपटक करण जोहरले आफ्ना बच्चा यश र रुहीको तस्वीर पोस्ट  गरेपछि काजोलले लाइक गरेकी हुन् । यस्तो अवस्थामा यश र रुहीले नै करण र काजोलको मित्रता पुनः सुरु गरिदिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *