झापामा एक महिला कैदी बन्दीको मुत्यु

झापा, साउन २५ ।  झापामा एक महिला कैदी बन्दीको मुत्यु भएको छ ।  मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ साविक खुदुनाबारी गाविस–३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मुत्यु भएको हो ।

विसं २०७१ चैत ८ गते लागुऔषध मुद्धामा दोषि ठहर भएपछि तारादेवीलाई झापा जिल्ला अदालतले दुई वर्ष कैद सजाय र रु एक लाख जरिवानासहितको सजाय तोकेको थियो । दुई वर्ष कैद पूरा गरिसकेकी तारादेवीका परिवारले जरिवाना बुझाउन नसकेपछि उनलाई थप चार वर्ष कैद सजाय तोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *