स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा भण्डारी
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन २४ । स्वास्थ्यमन्त्री गरिराजमणि पोखरेलले स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा चुडामणि भण्डारीलाई नियुक्त गरेका छन् ।
मन्त्रीस्तरीय निर्णयअनुसार साउन २३ गतेबाट लागू हुने गरी उनलाई सो पदमा नियुक्त गरिएको हो ।
कुष्ठरोग महाशाखाको निर्देशक पदमा कार्यरत भण्डारीलाई सो जिम्मेवारी यथावत् राख्दै विभागको उपमहानिर्देशकको थप जिम्मेवारी दिइएको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित