नवप्रयास युवा क्लव पाथिभरा गोल्डकपको सेमीफाइनल प्रवेश

ताप्लेजुङ, साउन २४ । नवप्रयास युवा क्लव ताप्लेजुङमा जारि पाथिभरा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज सम्पन्न पहिलो क्वाटर फाइनलमा घरेलु टोलीले पथरी स्पोर्टिङ क्लव मोरङलाई २—० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

सदुमुकामस्थित भानु मावीको मेदानमा भएको खेलमा ताप्लेजुङका लागि ५४ औं मिनेटमा रमेश लिम्बुले पेनाल्टि मार्फत् र ८१ औं मिनेटमा निराजन गुरुङले गोल गरे । पथरीका गोल किपरले ताप्लेजुङका दिपेश आङवुहाङलाई डि बक्स भित्र फल्ड गरेपछि ताप्लेजुङले पेनाल्टी पाएको थियो । आजको खेलमा रमेश म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार पुरस्कार पाए ।

दोस्रो क्वटर फाइनलमा भोली झापाली टिमहरु शसश्त्र प्रहरी क्लव दमक र गोर्खा स्पोर्टिङ क्लव दमक बिच खेल हुने लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ । नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ । साउन ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११हजार १ सय ११ नगद प्राप्त गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *