चीनमा पहिरोमा परी आठको मृत्यु, सत्रजना बेपत्ता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
चीन, २४ साउन । दक्षिणीपूर्वी चिनियाँ प्रान्त सिचुआनको लि आङ्गसान गाँउमा भारी बर्षापछि आएको पहिरोमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ ।
साथै सो बाढीका कारण अन्य १७ जना व्यक्ति बेपत्ता भएका थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन ।
स्थानीय समयानुसार मङ्गलबार बिहान ६ बजे बाट सुरु भएको यस पहिरोमा सिचुआन प्रान्तका विभिन्न गाँउहरु डुबानमा परेका बताइएको छ ।
यस प्रकोपको कारण अन्य छ व्यक्ति घाइते भएका यस प्रान्तका सूचना कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार ती गाँउमा उद्धार कार्य जारी रहेको छ । रासस/सिन्ह्वा
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित