उन्नती माइक्रोफाइनान्सले १ करोड ६५ लाखको सेयर जारी गर्ने

साउन २४, काठमाडौं । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ६५ लाख रुपैयाँ (१ लाख ६५ हजार कित्ता) सेयर जारी गर्ने भएको छ ।

कम्पनी सेयर निष्काशनको अनुमती माग्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले साउन २२ गते आइपीओ दर्ता गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले गत आव २०७३/७४ मा १ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अन्य संस्थाबाट ४६ करोड ८५ लाख रुपैयाँ सापटीको रुपमा पाएको छ । कम्पनीले ५७ करोड रुपैयाँ कर्जा लगानी गरिरहेको छ । कम्पनीले सदस्यहरुबाट १५ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *