कलंकीमा बसकाे ठक्कर बाट एकजनाको मृत्यु

काठमाडौं, साउन २४ । काठमाडौंको कलंकीमा बसको ठक्करबाट मंगलबार बिहान एकजनाको ज्यान गएको छ । बिहान साढे ६ बजे ना ४ ख २७१३ नम्बरको बसले बा ६३ प ३५३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अभिषेक घिमिरेको ज्यान गएको हो ।

नुवाकोटक बेलकोट–६ का घिमिरे कलंकी बस्दै आएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *