नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, साउन २४ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टीले आगामी रणनीति, असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीयतहको निर्वाचनबारे आवश्यकत यारीगर्न र समसामयिक राजनीतिक विषयमा छलफलका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको पार्टी सचिवालयले जानकारी दिएको छ ।

प्रदेश नम्बर २ का विभिन्न जिल्लामा नेकपा एमाले लगायत अन्य पार्टीले उम्मेदवार घोषणा गर्न थालिसकेकाले नेपाली काँग्रेसमाथि दबाब परेको छ । आज बस्ने कार्यसम्पादन समितिको बैठकले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने लगायतका विषयमा निर्णय गर्ने पार्टी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *