हेटौंडा जिससमा एमाले विजयी

२०७४ जेठ १५ गते

“
हेटौंडा,, साउन २३ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखमा नेकपा एमालेका रघुनाथ खुलाल १४ मत प्राप्त गरी विजयी भएका छन् ।
जिससको आज भएको निर्वाचनमा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा (माअोवादी केन्द्र) गठबन्धनका कृष्णप्रसाद दाहालले छ मत प्राप्त गरेको छ । यसैगरी उपप्रमुखमा एमालेकै भगवती पुडासैनी १४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकै विजयकुमार ब्लोनले छ मत प्राप्त गरेको छ ।
जिसस सदस्यमा एमालेकै देवराज रिमाल, गणेशकुमारी प्रधान, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानुकान्छी स्याङ्ताङ, चित्रबहादुर बलामी र सरिता विश्वकर्मा निर्वाचित भएको छ । मकवानपुरमा आठ गाउँपालिका, एक नगरपालिका (थाहा) र एक उपमहानगरपालिका (हेटौँडा) छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित