रामेछापमा बाढीले सड्क बगाउँदा यात्रुहरु समस्यामा

रामेछाप, साउन २३ । गएको असार ३१ गते राती आएको बाढीले सड्क बगाएपछी रामेछापको लिखु गाउँपालिका र गोकुलगंगा गाउँपालिका आसपासका स्थानिय समस्यामा परेका छन ।

लिखु गाउँपालिका वडा नं ६ मा रहेको छतिवने खोलामा रहेको पक्की पुल र त्यसको आसपासमा करिब ४ किलोमिट सड्क बगाउँदा जिल्ला स्थित बिगट क्षेत्र उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिका आबतजावत गर्ने नागारिकलाई समस्या भएको छ ।

सड्क बगाउँदा जिल्लाको उत्तरी क्षेत्र नामाडी ,बेताली ,रस्नालु ,ठोसे ,शिबालय हुदैँ उमाकुण्ड गाउँपालिका अन्र्तरग बाम्ती, गुम्देल ,कुभुकास्थली ओखलढुङगाको रावादोलु ,भुसिङ, लगायत सोलुखुम्बुको गोली,चौलाखर्क,भकान्जे लगायत क्षेत्रमा पुग्ने नागारिकहरु पनि ६० किलोमिटर घुमाउरो बाटो दोलखाको जिरी भुमेर जानु परेको छ । उता गोकुलगगा गाउँपालिका अध्यक्ष खड्क बहादुर सुनुवारका अनुसार अस्थाई बाटो निर्माण भइरहेको र अब तत्काल बाटो सन्चालनमा आउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *