योजना कार्यान्वयनमा पशुपक्षीं बिकास मन्त्रीको जोड

बाँके, साउन २३ । पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले पशुपंक्षी विकास सम्वन्धी वनाइएका योजना कार्यान्वयनमा जोड दिनुभएको छ । क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतको आयोजनामा आज नेपालगन्जमा आयोजित वार्षिक प्रगति समिक्षा गोष्ठिलाई सम्वोधन गर्दै सरकारले यसअघि ल्याएका योजनाको कार्यान्वयनमा जोडदिनुभएको हो ।

मन्त्री थारुले चालू आर्थिक वर्षमा तयार सम्पूर्ण कार्यक्रमहरु कार्यान्वयन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै आफुले अव परिणाम हेर्न चाहेको वताउनुभयो । आयस्तर न्यून भएका विपन्न समूदायको आयस्तरबृद्धिलाई पशुपालनमा प्रेरित गर्ने उहाँको भनाइ थियो । सरकारले १ वर्षभित्र अन्डा, २ वर्षभित्र मासु र ३ वर्षभित्र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने लक्ष्य राखेकाले निर्धारित लक्ष्य पूरा गर्न अग्रसर भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । बाँकेका विभिन्न क्षेत्रहरुमा अहिले पनि परम्परागत रुपमा पशुपालन गरिरहेकाले उनिहरुलाई प्रोत्साहन गरी व्यवसायीकतातिर लैजान सुझाव दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *