स्वाइनफ्लुबाट पोखरामा तीन जनाको मृत्यु

२०७४ जेठ १५ गते

“कास्की, साउन २३ । स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एचवान एनवानबाट पोखरामा मात्रै तीन जनाको मृत्यु भएको छ । यस रोगका कारण यो बर्ष नेपालमा ७ जनाको ज्यान गइसकेको छ । जसमा तीन जना पोखरा महानगरपालिका वडा नं १४,१५ र १७ का रहेका छन् ।
सोमबार पोखरामा जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य समन्य कार्यलयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट २२८ जनाको स्याम्पोल काठमाडौ पठाएकोमा १०४ जनामा फ्लु ए पोजेटिभका बिरामी भेटिएको जानकारी दिए । स्वाइनफ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने लगायत लक्ष्यण देखिने बरालले बताए ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया