ललितपुरमा दोहोरो भिडन्त, एक जना घाइते

साउन २३, काठमाडौं । प्रहरीले गरेको ‘इन्काउन्टर’ मा ललितपुरको कुसुन्तीमा एक जना गम्भीर घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोली लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा खत्रीको घर पुगेका थिए । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताउनु भयो ।

उनले भने, ‘म घटनास्थलमै छु । दुई वटा पेस्तोल भेटिएको छ । उनलाई अस्पताल पठाइएको छ ।’

खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *