धरानमा मिस काठमाण्डौं नेपालको अडिशन हुने

भरतराज शर्मा(गोपाल), धरान । कसमस इन्टरटेन्मेन्ट हाउसले आयोजना गर्न लागेको मिस काठमाण्डौं नेपाल २०१७ को अडिशन धरानमा पनि हुने भएको छ । हाउसले शुक्रवार धरानमा पत्रकार सम्मेलन गर्दै साउन २४ गते अडशन गर्ने जनाएको हो । सौन्दर्य प्रतियोगिताको गुणस्तरलाई कायम राख्दै आयोजना हुने भनिएको मिस काठमाण्डौं नेपालको अडिशनमा १७ वर्षदेखि २५ वर्ष उमेर समूहका युवतीहरु सहभागी हुन सक्ने सह संयोजक सुरज पुरीले बताए । ‘

मोडलिङ क्षेत्रमा करियर बनाउन चाहने युवतीहरुले आदेवन दिनसक्नु हुन्छ । एसएलसी पास भएको ५ फिट बढी उचाइ भएको भए हुन्छ,’ पुरीले भने । उनका अनुसार अडिशनबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई भदौं १ गतेदेखि ३५ दिन लामो विभिन्न प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगिताकी पुर्वाञ्चल संयोजक समिता ओझाका अनुसार साउन २१ गते (शनिवार) विराटनगर र बुटवलमा एकै दिन अडिशन सुरु हुनेछ ।

त्यसपछि २४ गते धरानमा, २६ गते बिर्तामोड र पोखरामा अडिशन हुनेछ । भने, २८ गते काठमाण्डौंमा अन्तिम अडिशन हुनेछ । ‘अडिशनबाट छनौट भएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, भाषा, पहिरन, फोटो सेसनसहित विभिन्न सैद्धान्तिक, व्यावहारिक ज्ञान दिलाउछाै,’ उनले भनिन् ।

प्रशिक्षणकै क्रममा प्रतिस्पर्धीहरुलाई स्थलगत भ्रमण तथा आउटडोर फोटो सेसनमा पनि सहभागी गराइनेछ । भने , ट्यालेण्ट सो पनि त्यसक्रममा हुने उनले बताइन् । प्रतियोगिताको फाइनल भने घटस्थापनाको दिन असोज ५ गते राजधानीको ५ तारे होटेलमा हुने आयोजकले जनाएको छ । विजेतालाई ४ दिनको थाइल्याण्ड टुरसँगै विभिन्न आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यस्तै, विजताले मिस एसियामा सहभागी हुने मौका पनि पाउनेछन् । फष्ट रनरअपले पोखरा टुरका साथै विभिन्न उपहार पाउनेछन् । भने, सेकेण्ड रनरअपले पनि आकर्षक पुरस्कार पाउनेछन् । विजेताले म्युजिक भिडियोमा खेल्ने मौका पनि पाउनेछन् । ‘नगद पुरस्कारबारे निर्णय हुन बाँकी छ । तर, एक महिनाको प्रशिक्षणको क्रममा प्रतियोगीहरुमा धेरै परिवर्तन ल्याउनेछाै,’ सहसंयोजक पुरीले भने, ‘हामीले कार्यक्रमबाट नाफा खोजेको छैनौ, पोजेटिभ सोचाईले हामी स्थापित हुनको लागि कार्यक्रम गर्दैछौं ।’ प्रतियोगितामा प्रमोद बन्सल ट्रेनिङ कोअर्डिनेटर र डेबिडजंग बस्नेत निर्देशक रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *