कर्मचारीको भ्रमर्ण खर्च मात्र १ अर्ब ६० करोड

साउन २३, काठमाडौँ । काठमाडौँ महानगरले १ अर्ब रुपैयाँको घरजग्गा ७ करोड रुपैयाँको गाडी किन्ने भएको छ । घरजग्गा र गाडी महानगरले चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटमार्फत् खरिद गर्न लागेको हो ।

महानगरले जनप्रतिनिधि तथा कर्मचारीको तलब तथा सेवाका लागि ७९ करोड रुपैयाँ छुटाइएको छ । प्रत्यक वडा अध्यक्षलाई चिया खर्चका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार सुधारको लागि २ अर्ब रुपैयाँ राखिएको छ । वातावरण सुधारको लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।जनप्रतिनिधि तथा कर्मचारीको भ्रमर्ण खर्चका १ अर्ब ६० करोड रुपैयाँ छुटाइएको छ । जनप्रतिनिधि तथा कर्मचारीको गाडीमा पेट्रोल तथा डिजल हाल्नका १५ करोड ५० लाख रुपैयाँ पाउने छन् ।

महानगरले भौतिक पूर्वाधार तथा विकास खर्चका लागि ८ अर्ब ९८ करोड रुपैयाँ छुटाएको छ । महानगरले आर्थिक वर्ष २०७४/७५ को लागि १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *