नेयमारको प्रस्ताव रियलले नकारेको खुलासा

एजेन्सी – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्रजिलियन फरवार्ड नेयमारले गत सिजन रियल म्याड्रिड आउने चाहना देखाएको खुलासा भएको छ । नेयमारका एजेन्ट वाग्नर रिबिएरोले पछिल्लो सिजन रियललाई नेयमार भित्र्याउने प्रस्ताव राखेेका थिए । तर, रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबसँग आर्थिक रुपमा उक्त प्रस्तावको लागि पैसा हुँदाहुँदै पनि नेयमारलाई नल्याउने बताएका थिए । बार्सिलोना जानुअघि नेयमारले क्लबलाई धोका दिएको कारण रियलले नेयमारलाई क्लबमा नल्याएको बुझिएको छ ।

अध्यक्ष पेरेजले गत जुनमा भएको एक अन्तर्वार्तामा नेयमारले सन् २०१३ मा म्याड्रिडमा मेडिकल गरेर मौखिक सहमतिसम्म भइसकेपछि अन्त्यमा बार्सिलोना गएको बताए । ‘हामीले उनलाई सान्टोसमा रहँदै गर्दा म्याड्रिड बोलाएर मेडिकल गरायौं । दुवै तर्फबाट मौखिक सहमति पनि भएको थियो । तर, पछि बार्सिलोना गएपछि हामीले उनलाई फेरि ल्याउने प्रयास गरेनौं ।’

पिएसजीसँग ५ वर्षका लागि अनुबन्धन भएका नेयमारले भविष्यमा रियल आउने सम्भावनामा पनि अब शंका उठेको छ ।  नेयमारले सानो उमेरमै आफु रियलको समर्थक रहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *