धादिङमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

२०७४ जेठ १५ गते

“
मलेखु, साउन २३ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ३१०५ नम्बरको टिपरले सडकछेउमा हिँडिरहेका चरजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।
दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ । टिपर ठक्कर दिएपछि घटनास्थलबाट भागेको र घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको छ । टिपर चालकलाई पछि प्रहरीले पक्राउ गरेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित