अवैध किताबलाई बैधाननिकता दिने शर्माको प्रयास विफल

साउन २२, मकालु खबर । अवैध किताबलाई बैधाननिकता दिने साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माको प्रयास विफल भएको छ । साझा प्रकाशनले प्रकाशन गर्ने सबैको नेपाली पुस्तक अनामनगरस्थित अल्पाईन अफसेटबाट साझा प्रकाशनको गाडीमा राखेर ल्याईइएको किताब कर्मचारीले नियन्त्रणमा लिएपछि महाप्रबन्धक शर्माको किताबी धन्दा सार्वजनिक भएको हो ।

गाडीमा ल्याईएको ४ हजार ८ सय थान पुस्तकको मुद्रण मिति र मूल्य फरक छ । साझा प्रकाशनले २०७३ साल साउन १० गते देखि लागु हुने गरी मेरो नेपाली पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ बनाएको थियो । त्यस अघि सो पुस्तकको मूल्य २ सय ४५ रुपैयाँ थियो । साझा प्रकाशनको सबैको नेपाली पुस्तक २०७२ सालमा छैटौ संस्करण हुँदा प्रति पुस्तक २ सय ४५ रुपैयाँ थियो । आइतबार कार्यालय परिसरमा ल्याईएको पुस्तक छटौ संस्करण नै छ तर मूल्य २ सय ९९ राखेर छापिएको छ । यसैका आधारमा कर्मचारीले महाप्रबन्धकको किताबी धन्दा पत्ता लगाएका हुन् ।


जिल्ला जिल्लाबाट फिर्ता भएका किताबको समेत मूल्य परिर्वतन गरेर २ सय ९९ बनाएर साझा प्रकाशनमा थन्काई करौडौ कमाउने खेलमा महाप्रबन्धक शर्मा लागेको भन्दै साझा प्रकाशनका कर्मचारी आक्रोशित बनेका छन् । कर्मचारीले महाप्रबन्धक शर्माले आफ्नो निजी छापाखानामा पुस्कत छापी धेरै कमिसन दिँदै आफै बिक्री वितरणमा संलग्न हुँदै आएको समेत दाबी गरेका छन् । यसैबिच किताब सहित गाडी नियन्त्रणमा लिएपछि महाप्रबन्धक शर्माले नियुक्त गरेका करारका कर्मचारी र स्थायी तथा पुराना कर्मचारीबीच सामान्य भनाभन चर्किदै गएर झडपको स्थितिमा पुगेको थियो ।

कर्मचारीले नियन्त्रणमा लिएको पुस्तक सहितको साझाको गाडी अहिले ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मेरो नेपाली पुस्तकको अहिले आठौ संस्करण बजारमा आईसकेको छ । त्यसमा पहिलेको भन्दा बर्णविन्यास परिर्वतन गरेर ल्याईएको छ । पाठ्यक्रमको वर्णविन्यास परिर्वतन अनुसार परिर्वतन भईसकेकाले २०७२ र २०७३ को पुस्तक अहिले चल्दैन । तर महाप्रबन्धक शर्माले पुरानै किताब बिक्री गर्न जिल्ला स्थित साझा प्रकाशनका कर्मचारीलाई दबाब दिँदै आएको कर्मचारीले गुनासो गरेका छन् ।

यसैबिच साउन १ गते चलानी नम्बर १८ अनुसार चितवन पठाइएको १ हजार २ सय थान मेरो नेपाली किताबका केही पुस्तक फिर्ता भएको कर्मचारीले बताएका छन् । पुरानो मिति नयाँ शुल्क राखेर पठाइएको ती किताबको पाठ्क्रम पनि भिन्न छन् । व्यवस्थापिका संसद् अन्र्तगतको सार्वजनिक लेखा समितिले शुक्रवार आर्थिक अनियमितता भएको भनिएको साझा प्रकाशनलाई ५ दिन भित्र सम्पूर्ण आर्थिक एवं प्रशासनिक विवरण समितिमा पेस गराउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *