पूर्व स्वास्थ्यमन्त्री गगन थापाले मुख खोले,‘ डा. केसीको माग पूरा हुन्छ

भक्तपुर, साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताएका छन् ।

आज प्रजातान्त्रिक योद्धा, समाजसेवी एवम नेपाली काँग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको दशौँं स्मृति दिवसमा बोल्दै थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोधनलाई आजै टुंग्याउनुपर्ने तयारी भइरहेको बताए ।

उनले अनशनरत डा गोविन्द केसीको माग पूरा गर्नुपर्नेमा जोड दिँदै विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले चासो दिइरहेको बताए ।

कार्यक्रममा उनले स्थानीय गणेश प्रावि बालकोटका ५७ जना बालबालिकालाई पोशाक, झोला एवम् स्टेशनरी सामान वितरण गरेका प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले बताए । प्रतिष्ठानका अध्यक्ष कार्की, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, सांसद रामेश्वर ढुंगेल, पूर्व सांसद लेखनाथ न्यौपानेलगायतले प्रजातन्त्र स्थापनाका लागि कार्कीले पु¥याएको योगदानको चर्चा गरे । सो कार्यक्रममा भएको रक्तदानमा एक सय ५१ जनाले रक्तदान गरेका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *