डा. केसीको समर्थनमा पूर्वन्यायाधीशदेखि महानायकसम्म,दिउँसो सडकमा आगो बल्दै


“
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ औं पटक अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा आज शनिबार पूर्वन्यायाधीशसँगै कलाकारहरु सडकमा उत्रिने भएका छन् । डा. केसी १३ दिनदेखि आमरण अनशनमा बस्दापनि सरकारले कुनै जवाफ नदिएको भन्दै उनीहरु सडकमा उत्रिन लागेको स्रोतले बतायो ।
डा.केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, महानायकअभिनेता राजेश हमाल, अभित्रनेत्री केकी अधिकारलगायत अन्य कलाकारहरु विरोधमा उत्रिन लागेका हुन् । आज मध्याह्न १२ बजे माइतीघरदेखि नयाँ बानेश्वरसम्म जनप्रदर्शन हुने भएको छ । यससँगै र्याली नयाँ बानेश्वरमा पुगसँगै पूर्वन्यायाधीश कार्कीले डा.केसीको आन्दोलन र मागबारे आफ्नो मन्तव्य समेत राख्ने भएकी छिन्।
त्यसपछि महानायक राजेश हमाललगायत कलाकारहरुले पनि आफ्नो मन्तव्य दिने भएका छन् । आजको प्रदर्शनमा क्याप्टेन विजय लामा, नागरिक समाजका कृष्ण पहाडी, अधिवक्ता ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी लगायतको पनि सहभागिता रहने जनाइएको छ ।
“
