जिसस रामेछापमा एमालेको प्यानल नै विजयी
मकालु खबर
२०७४ जेठ १५ गते
“
रामेछाप, साउन २१ । जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा एमालेका उम्मेदवार प्रेम बहादुर खड्कासहितको प्यानल विजयी भएको छ । आज भएको निर्वाचनमा खड्का ९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेस र माओवादी गठबन्धनका उम्मेदवार नारायण बोगटीले जम्मा ६ मत प्राप्त गर्नुभयो । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार दिपा पाख्रिन विजयी हुनुभएको छ ।
उहाँले पनि ९ मत नै पाउनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी गठवन्धनका उम्मेद्धवार प्रेमसागर थापाले ६ मत पाउनुभयो । समन्वय समितिका अन्य ७ सदस्य पदमा पनि एमालेकै उम्मेदवारहरुले विजयी हासिल गरेका छन् । एमालेको तर्फबाट उम्मेवार बनेका रमेश वाग्ले, मैया सार्की, राधा गुरुङ, राम बहादुर तामाङ, निङडोमा शेर्पा, पूर्ण बहादुर महत र गणेश बहादुर माझी सदस्यमा विजयी भएका हुन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित