पूर्व र पश्चिममा अाज पानी पर्ने: मौसमविद

काठमाडौं, साउन २१। पूर्व र पश्चिमका केही ठाउँमा शनिबार बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्व र पश्चिमको केही ठाउँमा ठूलो पानी पर्नेछ । यसले गर्दा ति क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

गएको २४ घण्टामा विरेन्द्रनगरमा सबैभन्दा धेरै १ सय ६२ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ । त्यसपछि भैरहवानमा १ सय ११ सिमरामा १०९ दशमलव ७ र धनगढीमा १ सय दशमलव ७ मिलिमिटर पानी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *