भरतपुर १९ मा रेणुको अग्रता,समग्रतामा भने ज्ञवालीको अग्रता कायमै

काठमाडौं, साउन २१ । चितनवको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा हिजो भएको मतदानको मतगणना जारी छ । अहिलेसम्म २ हजार ७ मत गन्दा काग्रेस, माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहालको अग्रता छ । समग्रतामा भने एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता रहेको छ ।

पुन मतदान भएको भरतपुर १९ मा गएराती साढे ११ बजेबाट शुरु भएको मतगनणमा एमालेका उमेद्वार ज्ञवालीमाथि कांग्रेस माओवादी केन्द्र गठबन्धनका उमेद्वार दाहालको अग्रता देखिएको हो । वडा अध्यक्षमा कांग्रेसका उमेद्वार ८५ मतले अगाडी हुनुहुन्छ । अन्य पदमा पनि कांग्रेस उमेद्वारहरुको अग्रता छ । समग्रमा ज्ञवालीले ४१ हजार ६ सय ६९ तथा रेणु दाहालले४१ हजार २ सय ५२ मत ल्याउनुभएको छ । १९ नम्वर वडाको मत गनेर २० नम्वर वडाको गणना सुरु गर्ने तयारी छ ।

पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगर १९ को मतगणनाका क्रममा गएको जेठ १४ गते राती माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ । मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३ हजार ७९७ मतदाता रहेको भरतपुर–१९ मा २ हजार ८८७ मत खसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *