निर्वाचन क्षेत्र निर्धारण आयोगले आजदेखि प्रतिवेदन लेख्न शुरु गर्ने

काठमाडौं, साउन २१ ।  निर्वाचन क्षेत्र निर्धारण आयोगले शनिबारदेखि मूल प्रतिवेदन लेखनको काम सुरु गर्दैछ । कार्यालय र पत्रपत्रिकामार्फत सुझाव संकलन गरिसकिएकाले शनिबारदेखि तथ्यांक संकलन र मूल प्रतिवेदन लेखनको काम सुरु गरिने आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिनुभयो ।

आयोगले प्रमुख दलका शीर्ष नेतालाई कार्यालयमै बोलाएर सुझाव लिएको थियो । आयोगका प्रवक्ता गणेशराज कार्कीले संविधान बमोजिम जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार साउन ३१ गते प्रतिवेदन बुझाउने गरी आयोगले काम गरिरहेको छ ।

सरकारले संघीय संसदका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गर्न पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा साउन ५ गते पाँच सदस्यीय आयोग गठन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *