नक्कली मालिक खडा गरी धन्दा

काठमाडौं, साउन २१ । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा सर्वसाधारणको रकम ठगी गर्ने मुख्य योजनाकार पवन कार्की अमेरिकामा लुकेर बसेका छन् । तर उनको ठगी धन्दाका लागि खोलिएका कम्पनीका कागजी मालिक बनेका ४२ जना बैंकिङ कसुरअन्तर्गत कारबाहीमा परेका छन् ।

त्यसमा उनकै ससुराली गाउँ काभ्रे बुडौलका निर्दोष व्यक्ति बढी छन् । आजकोकान्तिपुरमा खबर छ ।

यी ४२ जनामध्ये आधा दर्जन अझै जेलमै छन् ।  केही छुटिसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरुको भनाइ छ ।

अदालतले कार्कीका कारण साढे तीन अर्ब रुपैयाँ नोक्सान भएको ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *