महिला तथा घरेलु हिंसाका घटनामा कमी

सुर्खेत, साउन २० । सुर्खेतमा महिला हिंसाका घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको बार्षिक विवरण अनुसार आर्थिक बर्ष ०७२÷०७३ को तुलनामा आर्थिक बर्ष ०७३÷०७४ मा करिब ८ प्रतिशतले महिला हिंसामा कमी आएको हो ।

सेवा केन्द्रमा आर्थिक बर्ष ०७२÷०७३ मा ६५ वटा महिला हिंसाका मुद्दा दर्ता भएकोमा ०७३÷०७४ मा ६० वटा मुद्दा दर्ता भएका छन् । आर्थिक ०७३÷०७४ मा सेवा केन्द्रमा दर्ता भएका महिला हिंसासम्बन्धी मुद्दाामध्ये जबर्जस्ती करणीका २५, जबरजस्ती करणी उद्योगका ८, बहुबिबाह १५, मानव बेचबीखन ओसारका २, अपहरण १, अवैध गर्भपतनसम्बन्धी ५, जातीय विभेद १ र अन्य ३ वटा मुद्दा दर्ता भएका छन् । यस्तै सेवा केन्द्रको बार्षिक विवरणअनुसार आर्थिक बर्ष ०७२÷०७३ को तुलनामा ०७३÷०७४ मा घरेलु हिंसामा पनि ९ प्रतिशतले कमी आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *