पहिरोका कारण एकै परिवारका ४ जना सहित ५ जनाको मृत्यु

साउन २०, मकालु खबर । पहिरोमा परी एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । एक बृद्धा वेपत्ता छिन् । बाग्लुङमा गएको अविरल वर्षापछि निशीखोला(२ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल छन् ।

निशीखोला १ हुल्दीमा गएको पहिरोमा परेर बृद्धा वेपत्ता भएकी छन् । पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजाली पुरिएको प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी गराए । पहिरोले आधा दर्जन घरमा क्षति पुर्‍याएको छ ।

बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीयबासीले जानकारी दिएका छन् । यस्तै ढोरपाटन नगरपालिका(५ पाखापानीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिएर करिव ५५ वर्षका ओमप्रकाश कामीको मृत्यु भएको छ । परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *