सबैलार्इ शिक्षामा पहुँच पुल्याउन जीवन उपयोगी शिक्षाको अावश्यकत्ता

साउन २०, मकालु खबर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन उपयोगी शिक्षाको आवश्यक्तामा जोड दिनु भएको छ । अध्यक्ष ओलीले राज्य सबैलाई शिक्षामा पहुँच पु¥याउन अग्रसर नदेखिएको आरोप पनि लगाउनु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले व्यवस्थापन गरेका शिक्षण संस्थाहरुले सबैलाई शिक्षा दिन नसकेको पनि स्मरण गराउनु भयो । अध्यक्ष ओलीले जनताको प्रवल चाहनामा स्थापना गरिएका शिक्षण संस्थाहरुले मात्रै जनतालाई शिक्षित बनाउने काममा योगदान दिएको बताउनु भयो ।

अध्यक्ष ओलीले स्थानीय सरकारको भरमा मात्रै शैक्षिक गतिविधिलाई बलियो बनाउने कुरा भरपर्दो नभएको समेत टिप्पणी गर्नुभयो । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐन, नियमको अभावमा स्थानीय तहले कुनै पनि कार्यक्रम अघि बढाउन सक्ने अवस्था नरहेको बताउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *