स्थानीय तहलाई बढि अधिकार दिने प्रस्ताव

साउन २०, मकालु खबर । ‘स्थानीय तहको शासन संचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ माथि दफावार छलफल सुरु भएको छ । व्यवस्थापिका संसद विकास समितिको अन्तरगतको उपसमितिले विधेयकमाथि दफावार छलफल सुरु गरेको हो ।

शुक्रबार विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्थानीय तहलाई बढिभन्दा बढि अधिकार दिनेगरी विधेयक संशोधन हुनुपर्नेमा जोड दिएका छन । उनीहरुले २०५५ सालमा बनेको स्थानीय स्वायत्त शासन ऐनका कतिपय बूँदा पनि स्थानीय तह शासन संचालनका लागि नभई नहुने पनि स्पष्ट पारेका छन ।

विज्ञहरुको सुझाव, स्थानीय स्वायत्त शासन ऐनलाई समेत आधार मानी संविधानसम्मत ढंगले स्थानीय तहको शासन संचालनका लागि कानुन बनाउने विषयमा केन्द्रित भएर छलफल भईरहेको सांसद राजेन्द्र पाण्डेले जानकारी दिनु भयो ।

विधेयकमाथि १ हजार ५६ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन । ती संशोधन प्रस्तावकर्ता सांसदहरुसँग विधेयकमाथि दफावार छलफल सुरु गरिएको हो । उपसमितिले विहिबार विधेयकबारे विज्ञहरुसँग पनि परामर्श गरेको थियो । हाल ऐनको अभावमा ७ सय ४४ वटै स्थानीय तह कार्यविधि र कार्यादेशको भरमा संचालन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *