जिल्लाका विभिन्न ठाउँमा फोनसेवा नियमित हुन थाल्यो
मकालु खबर
२०७४ जेठ १५ गते
“
रोल्पा, साउन २० । रोल्पाका अधिकांश ठाउँमा फोनसेवा सुचारु भएपछि सेवाग्राही खुशी भएका छन् । पुर्वी रोल्पाका गाम, फगाम, सेरम, जेल्बाङ, उवा, सिउरी लगायतका ठाउँमा केही समय अघिसम्म नियमित नभएका नमस्ते तथा स्काईको फोनसेवा आजभोली नियमित बन्न थालेपछि सेवाग्राही खुशी भएका हुन् ।
पुर्वी रोल्पाको सेरममा रहेको टावरले प्रभावकारी काम गरेपछि त्यसक्षेत्रका सेवाग्राहीले नियमित फोनसेवा पाउन सकेको नेपाल टेलिकम रोल्पाले बताएको छ । त्यस क्षेत्रमा रहेका नेपाल टेलिकमका टावरले आजभोली राम्रो काम गरेपछि सेवाग्राहीले समस्याबाट छुटकारा पाएका हुन् । यसैबीच, नेपाल टेलिकम रोल्पाले जेल्बाङमा पुगेर सुनछहरी गाउँपालिकाको सहयोगमा सीमकार्ड वितरण गरेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित