अमेरिकाले दिने ५१ अर्ब ३८ करोड सहयोग रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं, साउन १९ । सरकारले सडक यातायात र विद्युत् प्रशारण का लागि अमेरिकाले दिने सहयोग रकम स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट प्राप्त हुने ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको हो ।

सो रकमबाट पाँच वर्षभित्र सडक यातायात र विद्युत् प्रशारण क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्ने बताइएको छ । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । बैठकले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जनालाई बढुवा गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बढुवा हुुनुभएकाहरुमा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *