खेलकुदमा राजनीनि हुन नदिने

साउन १९, मकालु खबर । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुद क्षेत्रभित्र राजनीति हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री केसीले खेलको माध्यामबाट मुलुकको प्रतिष्ठा उचो बनाउन आफू लागि पर्ने पनि स्पष्ट पार्नु भयो ।

विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राज्यको स्रोत र साधानलले भ्याएसम्म खेलाडीहरुको वृद्धि विकासमा पनि आफू लागि पर्ने उल्लेख गर्नुभयो । मन्त्री केसीले तेस्रो साग गेम नेपालमा आयोजना हुने भएकाले त्यसलाई सफल बनाउन आफू केन्द्रित भएको पनि जानकारी दिनुभयो ।

मन्त्री केसीले ७ वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने योजना पनि अघि सार्नु भयो । उहाँले पोखरा, झापा, विराटनगरसहित ७ वटै प्रदेशका मुख्य–मुख्य सहरमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने विषयमा विस्तृत अध्ययणको काम सुरु गरिएको पनि स्पष्ट पार्नु भयो । सरकारले चालू आर्थिक वर्ष भित्र सात वटै प्रदेशमा रंगशाला निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । सोही प्रतिवद्धता पूरा गर्न आफू लागि पर्ने मन्त्री केसीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *