भोजपुरका तीन विद्यालय नमूना बन्ने

भोजपुर, १९ साउन । भोजपुर जिल्लाभित्रका तीन विद्यालय नमूना विद्यालयका लागि छनोट भएका छन् ।साल्पासिलिछो गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालय कुलुङ, षडानन्द नगरपालिकाको षडानन्द माध्यमिक विद्यालय र भोजपुर नगरपालिकाको विद्योदय माध्यमिक विद्यालयलाई नमूना विद्यालय घोषित भएका जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ ।

शिक्षा विभागको निर्णयअनुसार यी विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्न लागिएको हो जसका लागि रु २८ लाख ५० हजारको दरले बजेट निकासा हुने जिल्ला शिक्षा कार्यालयका मानबहादुर देवकोटाले जानकारी दिनुभयो ।

यी नमूना विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आइसिटी ल्याब, इलाइब्रेरीलगायत रहनेछन् । साथै, भौतिक पूर्वाधारको पनि विकास गरिने भएको जिल्ला शिक्षा अधिकारी डम्बर आङदेम्बेले बताउनुभयो ।

आन्तरिक अध्ययनमा प्रोत्साहन गर्न विद्यालयलाई नमूना विद्यालय घोषणा गरेर काम गर्न लागिएको हो । शिक्षा विभागले विद्यालयसँग कार्य सम्पादनमा सम्झौता गरेपश्चात् काम शुरु हुनेछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *