स्थानीय तहबाट विवरण सार्वजनिक भएन

काठमाडौं, साउन १९ ।  स्थानीय तहले गत असार मसान्तभित्रै स्थानीय सरकारको कार्य क्षेत्रभित्र पर्ने कार्यालय, संरचना र चल अचल सम्पत्तिको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यस्तो विवरण सार्वजनिक गरेका छैनन् । गाउँपालिका र नगरपालिकाको कार्य क्षेत्रभित्र परेका हाल विषयगत मन्त्रालय र सरकारी निकायबाट सञ्चालन भइआएका स्थानीय स्तरको संरचना, भौतिक र अभौतिक सामग्रीको विवरण तयार गरी वेबसाइट, पुस्तक वा सूचनामार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ, तर अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यस्तो विवरण सार्वजनिक गरेका छैनन्, गोरखापत्रमा खबर छ ।

गत जेठ १७ गते मन्त्रिपरिषद्ले पारित गरेको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेशको बुँदा नं. ८१ मा असार मसान्तभित्र स्थानीय तहले स्थानीयको कार्य क्षेत्रभित्र परेका चल अचल सम्पत्तिको विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । स्थानीय सरकारभित्र के कति चलअचल सम्पत्ति छन् भन्ने कुरा जनताले जान्न पाउनुपर्ने भएकाले त्यसको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि कुनै पनि स्थानीय सरकारले सोको विवरण सार्वजनिक नगरेको नेपाल नगरपालिका सङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *