मुटुरोग विशेषज्ञ डाक्टरको सुझाव: ब्लड प्रेसर जाँच्दा यसो नगर्नुस्

 काठमाडौं, साउन १८ । अस्वस्थ्यकर खानपिन, व्यायामको कमी, व्यस्त जीवनशैली लगायतका विभिन्न कारणले गर्दा पछिल्लो समय मुटु लगायतका विभिन्न रोगका शिकार हुने गरेका छन् ।

त्यसका लागि बेलाबखतमा स्वास्थ्यको जाँच गर्न आवश्यक हुन्छ । ब्लडप्रेसर जाँच गनुअघि केही कुरामा ध्यान दिनु आवश्यक रहेको मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बताएका छन् ।
ब्लड प्रेसर जाँच्दा के गर्नु हुँदैन ?

ब्लडप्रेसर जाँच गर्दा बोल्नु हुँदैन ।

कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ ।

हातलाई टेबलमाथि सपोर्ट दिएर राख्नुपर्छ ।

पहिलोपटक दुवै हातमा नाप्नुपर्छ ।

प्रेसर बढी भएको हातमा पुनः जाँच लिनुपर्छ ।
कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।

प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघिदेखि खाना, चिया, सुर्ती खाएको हुनु हुँदैन ।

एउटामाथि अर्को खुट्टा खप्ट्याएर ब्लडप्रेसर जाँच गर्नु हुँदैन ।

लुगाको माथिबाट नाप्नु हुँदैन ।

हिँडडुल वा व्यायाम गर्नेवित्तिकै नाप्नु हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *