यसरी बनाउनुस् स्वादिष्ट आलु र भेडेखुर्सानीको परिकार

 काठमाडौं, साउन १८ । आलु र भेडेखुर्सानीको परिकार अत्यन्त स्वादिष्ट हुन्छ र यसलाई बनाउन धेरै समय पनि लाग्दैन । स्वास्थ्य र पोषणयुक्त यो तरकारी बनाउने रेसिपी पनि बडो सजिलो छ ।


सामग्री

तेल दुई चम्चा
जीरा आधी चम्चा
हिंग एक चिम्टी
बेसार आधी चम्चा
धनियाँको धूलो एक चम्चा
हरियो खुर्सानी एउटा
आलु ५०० ग्राम
भेडेखुर्सानी २५० ग्राम
नून १ चम्चा
अदुवा एक चिम्टी
टमाटर ८० ग्राम
धनियाँ दुई चम्चा

विधि
एउटा कराहीमा तेल खन्याएर त्यसमा जीरा, हींग, बेसार, धनियाँ र हरियो खुर्सानी हालेर पकाउनुस् ।

त्यसपछि यसमा आलु हालेर तीनदेखि पाँच मिनेटसम्म पकाउनुस् ।

आलु पाकेपछि त्यसमा भेडेखुर्सानी, नून र अदुवा हाल्नुस् । त्यसपछि त्यसलाई छोपेर तीनचार मिनेटसम्म पकाउनुस् ।

अब यसमा टमाटर हालेर तीन मिनेटसम्म पकाउनुस् । अनि यसमा धनियाँ मिसाउनुस् ।

आलु भेडेखुर्सानी परिकारलाई रोटीसँग खाँदा गजब हुन्छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *