किर्तिपुरका दानी प्राध्यापक जसले गरे ५ करोड दान

काठमाडौं साउन १८ । त्रिभूवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागमा कार्यरत प्राध्यापक डा. रुद्रप्रसाद गौतमले जेष्ठ नागरिकहरुको हितका लागि करिब पाँच करोड रुपैया बराबरको सम्पत्ति दान गरेका छन् ।

प्रा.डा. गौतमले किर्तिपुर नगरपालिका वडा नं.–१ ट्याङलाफाटमा रहेको आफ्नो एक रोपनी जग्गामा निर्मित साढे तीन तल्ले भवन रुद्रान्जु प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् ।

पत्नी अन्जुको प्रथम पून्य तिथीको अवसरमा बुधवार आयोजित समारोहकाबीच दाता गौतमले उक्त घरजग्गाको धनि पूर्जा प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण दाहाललाई हस्तान्तरण गरेका हुन् । गौतम र उनकी धर्मपत्नी स्वर्गीय अन्जु गौतमको नाममा स्थापित उक्त प्रतिष्ठानले जेष्ठ नागरिकहरुको हितका लागि कार्य गर्ने गरी स्थापना गरिएको हो ।

उक्त घरजग्गाको मूल्य पाँच करोड बराबरको रहेको प्रतिष्ठानका अध्यक्ष दाहालले बताए । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक गौतम प्रतिष्ठानको प्रमुख संरक्षक समेत हन् । उनले आफुले गरेको दानले जेष्ठ नागरिकहरुका लागि केही सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानको उद्घाटन गर्दै किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रा.डा. गौतमले गर्नु भएको योगदानको खुलेर प्रशासा गर्दै समाजमा यस्तै उदाहरणीय कार्य गर्न सके जेष्ठ नागरिकको सच्चा सम्मान हुने बताए । साथै उनले नगरपालिकाले उक्त प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *