सल्यानको पहाडी क्षेत्र हराभरा हुँदै

सल्यान, साउन १८ । पछिल्लो समय सल्यानमा रुख रोप्नु पर्छ भन्ने धारणा विकास हुंदै गएको छ । पहाडी क्षेत्रलाइ साँच्चीकै वस्न योग्य, रमणिय र हराभरा बनाउनका लागी खालि,नांगा पाखा तथा डाँडोहरुमा वृक्षरोपण गर्नुपर्छ भन्ने सोँचाइ बढ्दै गएको हो ।

वातावरण पनि शुन्दर र हराभरा हुने आर्थीक रुपमा पनि फाइदा हुने भएपछि जिल्लाका निजि किसान, सामुदायीक वन समूह एवम् संघसंस्थाहरुले विरुवा उत्पादन र रोप्ने कामलाई जोड दिएको पाइन्छ ।

सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्माले मानिसमा रुखको महत्वको बारेमा जानकारी बढ्दै गएको बताउनुभयो । जिल्लाको रीममा रहेको मुनाल सामुदायीक वन समूहले आफ्ना उपभोक्ताहरुलाइ वनजंगल संरक्षण तर्फ अग्रसर बनाइ विरुवा उत्पादन र विक्रि समेत गर्दै आएको छ ।

प्रत्येक वर्ष कम्तीमा १५ हजार देखि २० हजारको संख्यामा विरुवा उत्पादन गर्दै आएको कपुरकोट गाउँपालिका ५ रीममा रहेको मुनाल सामुदायीक वन समूहले यस वर्ष पनि डाले घाँस, जडिबुटी र फलफुलका विरुवा उत्पादन गरेको समूहका अध्यक्ष टिकाराम बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *