प्युठानमा बर्खा लागेसंगै विरामी बढे

काठमाडौं, साउन १८ । जिल्ला अस्पताल प्युठानले नियमित निगरानि गरिएको ६ वटा रोग मध्ये साउन महिनाको आज सम्ममा २ वटा रोग फेला परेको बताएको छ ।

अस्पतालले नियमित निगरानि गरिएको मलेरिया,झाडापखाला ,कडा खालको श्वासप्रश्वास ,प्रकोप जन्य रोग , किटजन्य रोग र खाद्य पदार्थबाट सर्ने रोगबाट झाडापखाला र मलेरियाको विरामि फेला परेको अस्पतालका मेडिकल रेकर्डर केशव वहादुर ओलिले जानकारी दिनुभएको छ । जिल्लामा झाडापखालाबाट एक जना बालकको मृत्यु भएको छ भने ६० जना व्यक्तिहरु संक्रमण भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *