देवी ज्ञवालीका छोरा पक्राउ

२०७४ जेठ १५ गते

“
साउन १८, भरतपुर । भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार निरभलाई पुतलीसडकबाट पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार ज्ञवाली विरुद्ध भरतपुरमै माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेणु दाहालले सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गरेको भन्दै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले निरभलाई पक्राउ गरेको हो । पक्राउ परेका निरभलाई अहिले महाशाखामा राखिएको छ । अब उनलाई साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित