नयाँ मन्त्रीलाई लिएर मुग्लिन–नारायणगढ घुम्न गएका देउवाले कालीखोला प्रवेश गर्न पाएनन्

काठमाडौँ, साउन १८ । बुधवार सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना नयाँ मन्त्रीसहित मुग्लिन–नारायणगढ सडकखण्ड पुगेका छन् । त्यस क्षेत्रका बासिन्दाहरु पहिरोका कारण जोखिम मोलेर यात्रा गरिरहेको समस्या थाहा पाउने देउवा त्यहाँ पुगेका हुन । यसअघि पहिरोका कारण चार सुरक्षाकर्मीहरुको  ज्यान गइसकेको छ। यसबारे थप अनुगमन गर्न प्रधानमन्त्री देउवाको जम्बो टोली त्यहाँ पुगेको हो ।

अनुगमनका लागि सेनाको हेलिकोप्टरमार्फत त्यहाँ पुगेका देउवाले पूर्वनिर्धारित कार्यतालिका अनुसार आफ्ना नयाँ मन्त्रीलाई पनि साथमा त्यहाँ पुगेका हुन् । उनका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की पूर्व मन्त्री बालकृष्ण खाँण र सचिवालयका सदस्यहरू सामेल छन् ।

सडक अनुगमनमा मुग्लिन सडकखण्ड निस्किएका देउवालाई हेलिकप्टरले दियालो बंगलामा ल्याण्ड गरेको थियो भने हेलिकप्टरबाट उत्रिएलगत्तै देउवाले दासढुंगाको भ्रमण गरेका थिए । जहाँ तत्कालीन एमालेका महासचिव मदन भण्डारीको कार दुर्घटनामा परेको थियो । दासढुंगा पुगेसँगै देउवाले सबैभन्दा पहिले त्यहाँको बाढी पहिरो प्रभावित क्षेत्र कालीखोलामा जान चाहेपनि सुरक्षाका कारण देखाउँदै उनलाई सुरक्षाकर्मीले रोकेका थिए ।

कालीखोला नपुगी आधी बाटैबाट फर्केका देउवाले सडक विभाग र आयोजना कार्यालयको आयोजित कार्यक्रममा केही समय रमाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *