माईतीघरमा नारा- ‘बालेन सरकारको हातमा रगत छ !’

काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माइतीघर यतिबेला तनावग्रस्त बनेको छ ।

बिहीबार महानगर प्रहरीले जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आफ्नै शरीरमा आगो लगाएका थिए । नेपालीको निधनपछि सो घटनाको विरोधमा शुक्रवार माइतीघर मण्डलामा आम नागरिकहरूले प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारविरुद्ध नाराजुलुस गरिरहेका छन् ।

प्रदर्शनरतहरूले बालेन सरकारको हातमा रगत छ, ट्राफिक आतङ्क बन्द गर, गरिब मारा आतङ्क बन्द गर, आत्मदाहको श्रृष्टिकर्ता दलाल पुँजीवाद व्यवस्था, फाँसीवाद सरकार मुर्दावाद, गणेश नेपालीको हत्यारा बालेन सरकार हो, पीडित परिवारलाई क्षतिपूर्ति दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू: अनुप प्रधान/न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 9 =