प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफनो अभिव्यक्ति दिन शुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले उक्त भनाईप्रति आपत्ति जनाउँदै उहाँलाई बोल्न रोक लगाएका थिए ।

त्यसै क्रममा उनले अर्का विपक्ष दलका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद परशुराम तामाङलाई बोल्ने अनुमति दिएपछि उहाँले पनि बोल्न चाहेनन् । त्यसपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका संग्रौलाले सभामुखमाथि अपमान हुने गरी सांसद राईले अभिव्यक्ति दिइएको भन्दै नियमापत्ति जनाएकी थिइन् । त्यसपछि फेरि सभामुखले उक्त अभिव्यक्तिको माफी माग्ने शर्तसहित एमाले सांसद राईलाई बोल्नका लागि समय दिएका थिए ।

तर सांसद राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले ५ वर्षसम्म संसद चलाउने ढाँचा नल्याउको भनि फेरि आलोचना गरेका थिए । उनको उक्त अभिव्यक्तिपछि तत्काल सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =