विश्वकप २०२६: प्रि-क्वाटरफाइनलमा सोमबार दुई बलिया टोलीको चुनौती

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत प्रि–क्वाटरफाइनल (राउन्ड अफ १६) अन्तर्गत सोमबार बिहान दुई बहुप्रतीक्षित खेलहरु हुँदैछन्, जहाँ ब्राजिल र आयोजक मेक्सिको सहित चार बलिया टोली क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली समयअनुसार बिहान १:४५ बजे हुने पहिलो खेलमा ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुनेछ । पाँच पटकको विश्वविजेता ब्राजिल उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने नर्वे बलियो प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै अन्तिम आठमा स्थान बनाउन प्रयासरत हुनेछ ।

यस्तै सोमबार बिहान ५:४५ बजे हुने खेलमा आयोजक राष्ट्र मेक्सिको र इंग्ल्यान्ड आमनेसामने हुँदै छन् । घरेलु समर्थकको साथ पाएको मेक्सिको ऐतिहासिक नतिजा निकाल्ने लक्ष्यमा रहँदा इंग्ल्यान्ड भने उपाधि दाबेदारीलाई थप मजबुत बनाउने उद्देश्यसहित मैदान उत्रिनेछ ।

यसअघि आइतबार भएको खेलबाट मोरक्को र फ्रान्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । सोमबारका यी दुई खेलपछि थप दुई टोली अन्तिम आठमा पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =